Related Links
उम्मेदवारी दर्ता दरखास्त फारम
उम्मेदवारी दर्ता दरखास्त फारम
कोबिड १९ को संक्रमणको जोखिमलाई ध्यानमा राखी यही २०७७ माघ ०३ गतेलाई तय गरिएको नेपाल पशुचिकित्सा परिषद्को निर्वाचनको लागि आवश्यक पर्ने उम्मेदवारी दर्ता दरखास्त फारमलाई सहज रुपमा प्राप्त गर्न यस बेबसाईटमा अपलोड गरिएको छ ।
उम्मेदवारी दर्ता दरखास्त फारम *Word file download* वा *Pdf file download*
दरखास्त फारमलाई बेबसाईटबाट डाउनलोड गरि वा निर्वाचन समिति (पशु चिकित्सा परिषद्) को कार्यालयबाट २०७७।१०।०१ गते देखि २०७७।१०।०३ गतेसम्म वा निर्वाचन स्थलमा २०७७।१०।०३ गते विहान ०८ बजे देखि ०९ बजेसम्म प्राप्त गर्न सकिनेछ ।
उम्मेदवारी दर्ता दरखास्त फारमलाई रितपूर्वक भरि नेपाल ईन्भेष्टमेण्ट बैंक लि., मुख्य कार्यालय, दरबार मार्ग, काठमाण्डौमा नेपाल पशुचिकित्सा परिषद्को खाता नं. ००१०५०१००५१३७२ मा शुल्क रु. २०००।०० (दुई हजार मात्र) जम्मा गरेको ई भौचर वा बैंक भौचर वा परिषद्मा नगद जम्मा गरी दरखास्त साथ नगदी रसिद संलग्न गर्नुपर्ने छ ।
रितपूर्वक भरि ल्याएको उम्मेदवारी दर्ता दरखास्त फरमलाई उम्मेदवार स्वयंले निर्वाचन समिति समक्ष भौतिक रुपमा उपस्थित भई बुझाउनु पर्नेछ ।
निर्वाचन समिति
पशु चिकित्सा परिषद् २०७७